जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बेगनासतालमा पुरुष मृत भेटिए

पोखरा,

जन्मभुमि खबर

 

पोखराको बेगनासताल नजिकै एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।अन्दाजी ३०-३५ वर्षका पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।

 

स्थानीयहरुले शव फेला परेको जानकारी गराएका छन, ‘हाम्रो टोली पुगेर घटनाबारे अनुसन्धानकै क्रममा छौँ, मुचुल्का गरेर शव उठाउने तयारी भइरहेको छ’ उनले  बताए ।