जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

दीपक मनाङेले दिए राजीनामा

जन्मभुमि खबर,
पोखरा ।

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले पदबाट राजीनामा दिएका छन् ।

बिहीबार संसद्मा अनुपस्थित भएका मनाङेले पदबाट राजीनामा दिएका हुन् । उनले आजै (बिहीबार) बाट लागु हुनेगरी आफूले पदबाट राजीनामा दिएकाे बताएका छन् ।

उनले मुख्यमन्त्री नै पदमुक्त भइसकेपछि आफूलाई मन्त्रीका रूपमा काम गर्न नैतिकताले नदिने भएकाले राजीनामा दिएको बताएका छन् ।

राजीनामा पत्रमा उनले आफू बिहीबारको संसद् बैठकमा अनुपस्थित हुनुको कारण पनि खुलाएका छन् । जसमा उनले विपक्षी गठबन्धनको नेतृत्वमा वैकल्पिक सरकार निर्माण गर्ने उद्देश्यले आफू बिहीबारको बैठकमा अनपुपस्थित भएको उल्लेख गरेका छन् ।