जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

ट्याक्टरले ठक्कर दिदा ठक्कर दिँदा शिक्षिकाको मृत्यु

बागलुङ नगरपालिका-६ लहरेपिपलमा शनिवार विहान ट्याक्टरले ठक्कर दिदा काफलठूटा आधारभूत विद्यालयकी शिक्षिका कमला कुमारी शर्माको मृत्यु भएको छ ।

ग १ त ६३०३ नम्बरको ट्याक्टरले ठक्कर दिदा बागलुङ नगरपालिका-४ पाखाथरका ५२ वर्षीया शर्माको घट्नास्थलमा नै मृत्यु भएको वडा नं. ६ का सचिव रुद्र केसीले जानकारी दिए ।

प्रहरीले ट्याक्टर चालक सुरेश नेपाली र सह-चालक भुवन नेपालीलाई नियन्त्रणमा लिएको छ । ट्याक्टर चलाउन सिकाउने क्रममा घट्ना भएको वडासचिव केसीले वताए ।