जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कोरोना संक्रमणका कारण ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान)का केन्द्रीय अध्यक्ष न्यौपानेको निधन

जन्मभुमि खबर,
पोखरा ।

ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान)का केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद न्यौपानेको कोरोना संक्रमणका कारण निधन भएको छ ।

गएको वैशाख २८ गतेदेखि विराट मेडिकल कलेजमा उपचाररत उनको आज बिहान निधन भएको हो । अस्पतालका अनुसार सुनसरीको इटहरी उपमहानगरपालिका निवासी ५० वर्षीय न्यौपानेलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । न्यौपानेलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो । उनी सप्तकोसी एफएम इटहरीका स्टेसन म्यानेजर थिए ।