जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आज जनयुद्ध दिवस, देशभर सार्वजनिक बिदा

आज जनयुद्ध दिवस। २०५२ साल फागुन १ गते आजकै दिन सुरु भएको सशस्त्र युद्धलाई सरकारको नेतृत्त्वकर्ता दल माओवादी केन्द्रले जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ ।

यसअघि माओवादी पार्टीले मात्र मनाउँदै आएको जनयुद्ध दिवसलाई सरकारले राष्ट्रिय दिवस जस्तो बनाउने प्रयास गरेको छ। यसैका लागि सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।

आइतबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले आज सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। नागरिक तह र सामाजिक सञ्जालमा सरकारको निर्णयको आलोचना भइरहेको छ।