जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आगामी जेठ २४ गतेदेखि काठमाण्डौ र कतार सातामा दुई उडान हुने

कतारबाट स्वदेश फर्किने नेपालीहरुका लागि आगामी जेठ २४ गतेदेखि सातामा नियमित दुइ उडान हुने भएको छ । कतारस्थित नेपाली दूतावासले एक सूचना प्रकाशित गर्दै आगामी जेठ २४ गते अर्थात जुन ७ तारिखदेखि काठमाण्डौ र दोहाबीच नियम उडान हुने जनाएको छ ।

नेपाल एयरलाइन्स र कतार एअरवेजलाई साताको एक एक उडान संचालन गर्न अनुमति दिएको सूचना नेपाल नागरिक उड्डयन प्राधिकरणबाट प्रकाशित गरेको छ । उक्त सूचना सम्बन्धित सबैको जानकारीका लागि दूतावासको आधिकारिक फेसबुक पेजबाट पनि सार्वजनिक गरिएको जनाएको छ ।

स्वदेश फिर्तिको पर्खाइमा रहेका नेपालीहरुले टिकट खरिद तथा अन्य जानकारीका लागि सम्बन्धित एअरलाईन्सका आधिकारीक ट्राभल एजेन्सीमा सम्पर्क गर्न समेत दूतावासले अनुरोध गरेको छ । नियमित उडान खोल्न दिने निर्णय गरेसँगै कतारबाट स्वदेश फर्किने तयारीमा रहेका हजारौं नेपालीहरुले खुशी व्यक्त गरेका छन् भने हप्तामा दुई उडान मात्र नभएर हरेक दिन उडान हुनुपर्ने उनीहरुले माग गरेका छन् ।

खास गरी उडान बन्द हुनु अगाबै टिकट लिएर बसेका, करार अवधि सकिएर स्वदेश र्फकने क्रममा रहेका, भिजिट भिसाको म्याद सकिएका, विभिन्न कारणले रोजगारी गुमाएका बसेका नेपाली श्रमिकहरु बढी समस्यामा रहेका छन् ।