जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा अनुमति बिना ड्रोन क्यामेरा चलाउने चिनिँया नागरिक पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा अनुमति बिना ड्रोन क्यामेरा उडाइ भिडियो बनाएको आरोपमा एक बिदेशी नागरिक पक्राउ परेका छन ।

उनले पोखरा महानगरपालिका वडा नम्बर १ टुडिखेल मैदानमा बिना अनुमति बिना उडाएका थिए ।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलिले चिनिँया नागरिक २५ बर्षका चेङ देङ सेङ लाई नियन्त्रणमा लिएको छ ।

उनलाइ थप अनुसन्धानको लागि नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।