जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गत आर्थिक वर्षमा पोखरामा ७ जना गर्भवती महिलाको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिकामा गत आर्थिक वर्ष ७९/८० मा ७ जना गर्भवती महिलाको मृत्यु भएको छ ।

विभिन्न कारणले गर्भवती महिलाको मृत्यु हुुने गरेको पोखरा महानरपालिका स्वास्थ्य महाशाखाका नर्सिङ निरिक्षक सविना श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार कास्की जिल्लामा १३ जना गर्भवती महिलाको मृत्यु भए र ती मध्य ७ जना पोखरा महानगरका भएको बताइन् ।उनका अनुुसार चालुु आर्थिक वर्ष २०८०÷८१ को साउन यता दुुई जना गर्भवती महिलाका मृत्यु भएको छ ।

उनले दिएको जानकारी अनुसार पोखरा –८ की रोशनी क्षेत्री र पोखरा २९ की सावित्री सुनारको मृत्यु भएको हो । रोशनीको आफैले पेट्रोल खन्याएर आगो लगाएको र सुनारले कुलोमा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । पोखरा महानगरमा यस वर्ष ६ हजार महिला सुुत्केरी हुन्छन् भन्ने अनुमान गरिएको उनले बताइन् ।

गत आर्थिक वर्ष २०७९÷८० मा पोखरा सहित कास्की जिल्ला र अन्य जिल्लाका गरी १३ हजार महिला सुुत्केरी भएको तथ्यांक रहेको महानगर नर्सिङ निरिक्षक श्रेष्ठले बताइन् ।

विभिन्न कारणले हुने मातृ मृत्यु दर न्यूनिकरण गर्ने उद्देश्यले स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा मातृ तथा पेरिनेटल मृत्युु निगरानी र प्रतिकार्य समिति रहने र उक्त समितिले मातृ मृत्यु हुनुको कारण बारे छलफल गर्दै समुुदायमा कार्यक्रम सञ्चालन गर्ने गरी नेपाल सरकार स्वास्थ्य मन्त्रालयले कार्यविधि बनाएर उपप्रमुखको संयोजकत्वमा समिति रहने ब्यवस्था गरको छ ।

पोखरा महानगरपालिका उप्रमुुख मञ्जुुदेवी गुुरुङको अध्यक्षतामा मंगलबार बसेको समितिको बैठकमा समितिका सदस्यसचिव समेत रहेकी महानगर नर्सिङ निरिक्षक सविना श्रेष्ठले मातृ मृत्यु दर न्युनिकरणका र २८ हप्ताको गर्भदेखि जन्मेको एक हप्ता सम्मको नवजात शिशुको मृत्युु दर घटाउने र आमा तथा शिशुको मृत्यु हुन नदिने बारे जनचेतनामुलक कार्यक्रम सञ्चालनका लागि बैठकले कार्ययोजना बनाउने निर्णय गरेको बताइन् ।