जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अयरपानी होमस्टेमा अन्तरिम पर्यटक को घुइचो

पोखरा ।                  अयरपानी होमस्टेमा पछिल्लो केहि समय यता अन्तरिम पर्यटकको घुइचो लागने गरेको  छ। कोरोनाले थला पारेको पर्यटन क्षेत्र , लकडाउन खोले पछि केही गति लिन खोजेको देखिन्छ ।      यस्तै असर परेको स्याङ्जा र कास्कीको सिमामा रहेको अयरपानी होमस्टे केही महिनाबाट पर्यटनको आगमन निकै राम्रो भएको र केही आशाका दियो देखिएको होमस्टे संचालका समितिका सचिव राजकुमार गुरूङले बताएका छन्। यो दुई तीन महिनाको पर्यटक आउने क्रममा धेरै बढेको र घुईचो नै लाग्ने गरेको उनको भनाई छ।                                                                    हाल यस होमस्टेमा आन्तरिक पर्यटक बिदा मनाउन आउने र ग्रामीण बिकास अध्यन को लागि बिद्यार्थी हरु आउने गरेेका छन् । यस होमस्टेमा हाल ११ घरमा होमस्ट संचालनमा रहेको छ भने थप ९ घर संचालनमा आउने  क्रममा रहेेेका छन् ।