जन्मभुमि खबर ,
पोखरा ।
पोखरामा एक युवामाथि गुण्डागर्दी शैलीमा लुटपाटको प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
सामाजिक सञ्जालमा युवकलाई जबर्जस्ती खानतलासी गरेको भिडियो भाइरल भएपछि अनुसन्धानमा जुटेको जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।