जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा घार्मीको बाल आश्रममा आगलागी , माथिल्लो तला जलेर पूर्ण रूपमा नष्ट

जन्मभुमि खबर ,

पोखरा ।

पोखरा महानगरपालिका–१६, घार्मीखोला स्थित कुरमा रहेको अन्नपूर्ण आत्मनिर्भर बाल आश्रममा बुधबार दिउँसो आगलागी हुँदा दुईवटा भवनको माथिल्लो तला जलेर पूर्ण रूपमा नष्ट भएको छ ।

आगलागीबाट अन्नपात तथा फर्निचरका सामान जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।

विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रहरी, दमकल र स्थानीयको सहयोगमा साँझ ५:३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आश्रममा इँटा र बाँसले बनेका, टिन र मार्बलको छाना भएका दुईतले दुईवटा भवन रहेका थिए । स्थानीयका अनुसार आगलागीबाट करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।