जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

शवको खोजीमा पोखरामा परिवार र आफन्त, शव गृहअगाडिको दृश्य भावविह्वल (तस्बिर)

जन्मभुमि खबर ,

पोखरा ।

रसुवा बाढीमा परी ज्यान गुमाएका १०२ जनाको शव पोखरामा राखिएको छ । तनहुँ, गोरखा र धादिङमा भेटिएका शव राख्ने ठाउँको अभाव भएपछि पोखरा ल्याइएको हो । ती शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल–गण्डकी अस्पताल) र मणिपाल शिक्षण अस्पतालमा राखिएका छन् ।

बेपत्ता आफन्तको खोजीमा परिवारका सदस्य तथा आफन्त अन्य जिल्लाबाट कास्की सदरमुकाम पोखरा पुगेका छन् । पोखरामै रहेका आफन्त पनि बाढीपीडित परिवारको आग्रहपछि शव पहिचानका लागि अस्पतालसम्म पुगेका छन् ।
शव पहिचान गर्न सहज होस् भनेर अस्पतालको एउटा हलमा तस्बिर प्रदर्शन गरिएको छ । तस्बिर प्रदर्शन कक्ष र शवगृह अगाडिको दृश्य भावविह्वल देखिन्छ । आफन्त तथा परिवारका सदस्यहरू फोनमा कुराकानी गर्दा भक्कानिएका देखिन्छन् ।

Pokhara Hospital Situation_NPL (2)Pokhara Hospital Situation_NPL (3)Pokhara Hospital Situation_NPL (4)Pokhara Hospital Situation_NPL (5)Pokhara Hospital Situation_NPL (6)Pokhara Hospital Situation_NPL (7)Pokhara Hospital Situation_NPL (8)Pokhara Hospital Situation_NPL (9)Pokhara Hospital Situation_NPL (10)Pokhara Hospital Situation_NPL (11)Pokhara Hospital Situation_NPL (12)Pokhara Hospital Situation_NPL (13)

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी