जन्मभुमि खबर ,
पोखरा ।
रसुवाको भोटोकोसीमा आएको अप्रत्यासित बाढीले अकल्पनीय क्षती पुर्याएको छ। सामाजिक सञ्जालमा सार्वजानिक गरिएका भिडियो तथा फोटाहरुमा घर, होटल तथा प्रहरी चौकीहरु समेत प्रत्यक्ष प्रभावित हुँदा सयौं मानिसहरु हताहत भएको हुन सक्ने आसंका गरिएको छ।
ठुलो क्षतीले तटीय क्षेत्रमा ठुलो मानविय क्षतिसँगै भौतीक क्षति पनि देखिएको छ। बाढीबाट प्रभावित तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ। तर उद्दारमा समेत समस्या परेको स्थानियहरुले बताएका छन्।
रसुवा हुँदै आएको भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत काठमाडौंको नागढुङ्गादेखि चितवनको भरतपुरसम्मको सडक पूर्णतः बन्द गरिएको प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले जानकारी दिए।
उनका अनुसार बाढीले धादिङ जिल्ला अन्तर्गतका राजमार्ग क्षेत्र प्रभावित पारिसकेको र उक्त क्रम फैलिने अवस्था भएका कारण दुवैतर्फबाट सवारी आवागमन निषेध गरिएको उनले बताए । बाढीले दर्जनौँ बस्ती र बजार बगाइसकेको छ ।
तटीय क्षेत्रका बासिन्दाको उद्धारका लागि काठमाडौंबाट विपद् व्यवस्थापनको प्रहरी टोली त्यसतर्फ गइसकेको छ। रसुवा हुँदै आएको भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत काठमाडौंको नागढुङ्गादेखि चितवनको भरतपुरसम्मको सडक पूर्णतः बन्द गरिसकिएको छ। तटीय क्षेत्रका नागरिकहरुलाई सुरक्षित स्थानमा जान भनिएको छ।