पोखरामा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
जन्मभुमि खबर ,
पोखरा ।
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ग १६ प २४१४ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार पर्वतको फलेवास नगरपालिका–५ खानिगाउँ निवासी २४ वर्षीय सुमन सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
मोटरसाइकल चालक अर्घाखाँची घर भई हाल पोखरा २ मोहरिया टोल बस्ने २२ वर्षीय राहुल सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।