जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा रेडी मिक्सचरले मोटरसाइकललाई ठक्कर दिदाँ बास्तोलाको निधन

जन्मभुमि खबर ,

पोखरा ।

पोखरामा सवारी दुर्घटनामा परी नेपाली कांग्रेसका युवा नेता राजीव बास्तोलाको निधन भएको छ ।

आइतबार साँझ सिर्जनाचोकमा सवारी दुर्घटनामा परी नेपाली कांग्रेसका युवा नेता पोखरा १९,काउरे निवासी बास्तोलाको निधन भएको हो।

उनी सवार मोटरसाइकललाई सिर्जनाचोकबाट सभागृह चोक जादैं गरेको रेडी मिक्सचरले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै बास्तोलालाई उपचारका लागि मेट्रोसिटी अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको बताइएको छ ।

उनको शवलाई पोष्टमार्टमका लागि मणिपाल शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ । रेडीमिक्सचर र त्यसका चालक हेटौँडाका ४० वर्षीय राजन अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

३२ बर्षीय बास्तोला नेपाली काँग्रेस गण्डकी प्रदेशका आमन्त्रित सदस्य एबम कास्की क्षेत्र न. ३ का नेता खिमलाल बाँस्तोलाका छोरा हुन ।