जन्मभुमि खबर ,
पोखरा ।
पोखरा महानगरपालिका–६ स्थित फेवातालमा ‘बोटिङ’ गर्ने क्रममा हावाहुरीका कारण अलपत्र परेका १२ पर्यटकको उद्धार गरिएको छ । सशस्त्र प्रहरी बलको टोलीले सकुशल उद्धार गरेको हो ।
शनिबार (जेठ २३) अपराह्न करिब ४ः३५ बजे फेवातालमा एक्कासि तीव्र गतिको हावाहुरी चलेको थियो । हावाहुरीपश्चात् विभिन्न जिल्लाका स्वदेशी र जापानबाट घुम्न आएकी ४८ वर्षीया एक विदेशी पर्यटक गरी १२ जना तालको बीचमा ‘सर्फेस’ र ‘प्याडल बोट’मा अलपत्र परेका थिए ।
त्यसपछि फेवा रेस्क्यु टावरमा खटिएका १० जनाको विशेष टोली तत्काल परिचालन गरिएको थियो । टोलीले सबै १२ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा ल्याएको सशस्त्र प्रहरीले जनाएको छ ।
हाल उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ ।