जन्मभुमि खबर ,
पोखरा ।
यस वर्षको मनसुन अगावै पोखराका विभिन्न स्थानमा जमिन भासिन थालेको छ । शुक्रबार बिहान २ बजे पोखरा महानगरपालिका वडा नं. ३ को नदीपुर क्षेत्रमा सडकसँगै एउटा घरको आगन र घरको भाग भासिएको छ ।
बिहानको समयमा अचानक जमिन भासिएर करिब १० मिटर जति भ्वाङ परेकोले त्यस क्षेत्रमा पोखराका लगि खानेपानी वितरणका लागि बिछ्याएको पाइपसमेत फुटेकाले अझै खतरा बढेको स्थानीयको भनाइ छ । सो क्षत्रमा पटक–पटक जमिन भासिँदा स्थानीय चिन्तित बनेका छन् ।
जमिन भासिएको क्षेत्रको कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अबलोकन गर्दै उक्त क्षेत्रमा थप क्षति हुने र विपद् जोखिम बढ्न सक्ने हुँदा आवश्यकता अनुसार प्राविधिकसँग सल्लाह गरी उक्त क्षेत्रलाई सुरक्षित बनाउन सम्बन्धित वडाका जनप्रतिनिधिहरूलाई सुझाव दिएकी छन् ।