जन्मभुमि खबर ,
पोखरा ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ननग्रेडेड (अनुत्तीर्ण) विद्यार्थीका लागि सञ्चालन गर्न लागेको पुरक (ग्रेडवृद्धि) परीक्षाको तालिका सार्वजनिक गरेको छ।
बोर्डले आगामी असार १ गतेदेखि ९ गतेसम्म ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्नेभएको हो।
गत वैशाख २८ गते सार्वजनिक २०८२ सालको एसईई परीक्षामा एक लाख ४६ हजार ५०७ जना विद्यार्थी ननग्रेडेड भएका थिए।
बोर्डले आज सूचना जारी गर्दै परीक्षा तालिका सार्वजनिक गरेको हो।
हेर्नुहोस् पूरक परीक्षा तालिका

