जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रोल्पामा तीर्थयात्री चढेको जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु

जन्मभुमि खबर ,

पोखरा ।

रोल्पामा तीर्थयात्री सवार जीप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।

रोल्पाको जलजला क्षेत्रमा लाग्ने वैशाख पूर्णिमा जात्रामा पूजा गर्न रुकुम पूर्वबाट तीर्थयात्री बोकेर गएको जीप बिहीबार (वैशाख १७) दिउँसो दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको जीप भिरबाट खसेको थियो ।

थबाङ गाउँपालिका–१, जलजलास्थित सडकखण्डबाट जीप भीरमा खसेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । प्रहरीका अनुसार, जीप करिब ८०० मिटर तल खसेको छ ।