तनहुँमा डिभाइडर नाघेर गाडीले ठक्कर दिँदा स्कुटरमा सवार दुई जनाको मृत्यु
जन्मभुमि खबर ,
पोखरा ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्कुटर चालक मुक्तिनाथ शुक्लागण्डकी च्यावनधामका पुजारी गणेश खतीवडा र पछाडि सवार गाछेपानीका कृष्ण भुजेल रहेका छन् ।