जन्मभुमि खबर ,
पोखरा ।
गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानका क्रममा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
उच्च स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका सिलसिलामा जिल्ला अदालत काठमाडौंबाट उनीहरूविरुद्ध पक्राउ अनुमति लिएको हो ।
स्रोतका अनुसार अदालतले पक्राउका लागि अनुमति दिइसकेको भए पनि देउवा दम्पत्ति हाल नेपालबाहिर रहेकाले कार्यान्वयन हुन सकेको छैन । हाल दुवै जना विदेशमा रहेका छन् ।