जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

ओली र लेखकलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

जन्मभुमि खबर ,

पोखरा ।

काठमाडौँ जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले थप अनुसन्धान गर्ने तथा प्रमाणहरु बुझ्ने समेतका अनुसन्धान सम्बन्धी थप कार्यहरु बाँकी नै रहेकाले हिरासतमा राख्न मनासिव देखिएको भन्दै म्याद थपको निर्णय गरेको हो। शनिबारबाट लागू हुनेगरी तेस्रो पटक ५ दिनको म्याद दिएको हो।

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिस अनुसार प्रहरीले गत शनिबार ओली र लेखकलाई पक्राउ गरेको थियो ।

यता, ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतमा सोमबारका लागि बहस निरन्तर छ ।