जन्मभुमि खबर ,
पोखरा ।
जगदम्बा समूहका अध्यक्ष शंकरलाल अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।
सीआईबीले उनलाई शुक्रबार साँझ पक्राउ गरेको हो ।
शंकर अग्रवाल नेपालको एउटा प्रमुख व्यावसायिक घराना शंकर ग्रुपका प्रमुख हुन् । शंकर अग्रवालले पछिल्लो समय छोराहरू साहिल अग्रवाल र सुलभ अग्रवालसहित व्यवसायी दीपक भट्टसँग साझेदारीमा अफ्नो व्यवसाय विस्तार गर्दै आइरहेका थिए ।
अग्रवाललाई बिहीबार सम्पत्ति शुद्धीकरण अनुसन्धानको क्रममा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग जोडिएको मुद्दामा छानविन गर्न पक्राउ गरिएको बुझिएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा बिहीबार सीआईबीबाट पक्राउ परेका भट्टलाई जिल्ला अदालत काठमाडौँले १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
भट्टसहित उनका साझेदारहरूलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ५ अर्ब बढीको विगोसहित मुद्दा चलाउने तयारी गरेको छ।