जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रेडियो अन्नपूर्णकर्मि नारायण पौडेललाई मातृ शोक

जन्मभुमि खबर ,
पोखरा ।

रेडियो अन्नपूर्णका मार्केटिङ म्यानेजर नारायण पौडेललाई मातृ शोक परेको छ । उनकी ममतामयी माता झलक कुमारी पौडेलको आईतबार ८२ वर्षको उमेरमा निधन भएको छ ।

केहि समय अगाडीदेखि अस्वस्थ भई उपचार गराउँदै आएकी पौडेलको उपचारको क्रममा गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो ।

स्वर्गिय पौडेलको आईतबार नै पोखरा २५ हेमजा, बाबियातरामा रहेको शुक्ला गण्डकी घाटमा अन्तिम संस्कार सम्पन्न गरिएको छ ।

स्वर्गिय पौडेलका तीन छोरा, तीन छोरी, १३ नातीनतिना र ५ जना पनाती र पनातिनी रहेका छन् । उहाँका श्रीमान खिमलाल पौडेलको गएको वर्ष निधन भएको थियो ।

यसैबीच रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले शोक विज्ञप्ती जारी गरी स्वर्गिय पौडेलप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।