जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा जुवातास खेलिरहेका ११ जना पक्राउ

जन्मभुमि खबर ,

पोखरा ।

जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका-१७ बस्ने उषा शेरचनको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-९ पृथ्वीचोक बस्ने ६० वर्षीय भुपेन्द शेरचनलगायत ११ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद तीन लाख ४६ हजार ९६५ रूपैयाँ र १० बुक ताससहित पक्राउ गरेको हो ।