जन्मभुमि खबर ,
पोखरा ।
अभिनेता सुनील थापाको निधन भएको छ । गएराति घरमै उनको निधन भएको हो ।
कलाकार संघका अध्यक्ष मोहन निरौलाले थापाको निधन भएको पुष्टि गरेका छन् । “अहिले उहाँको शव थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा राखिएको छ,” संघका अध्यक्ष निरौलाले बाह्रखरीसँग भने, “परिवारका सदस्य आएपछि थप प्रक्रिया अगाडि बढ्नेछ ।”
दर्जनौं चलचित्रमा अभिनय गरेका उनी खलपात्रमा पहिलो रोजाईका कलाकार थिए ।