जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तनहुँमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु

जन्मभुमि खबर ,

पोखरा ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-१ गुणादीमा आज (बिहीबार) बिहान स्कुटर दुर्घटना हुँदा युवतीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार दुर्घटनामा भरतपुर महानगरपालिका-१६ की २७ वर्षीया सुमित्रा थापाको मृत्यु भएको हो।

दुर्घटनामा स्कुटर चालक म्याग्दे गाउँपालिका-३ का २७ वर्षीय पुरन मगर घाइते भएका छन्। निजको दमौलीस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ। उनीहरू पोखराबाट दमौली आइरहेका थिए।