जन्मभुमि खबर ,
पोखरा ।
भारतको हिमालचल प्रदेशमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानस्थित एकै गाउँका ९ जना नेपालीको मृत्यु भएको छ ।
हिमाचल प्रदेशस्थित सोलान जिल्लाको अर्की बजारमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानस्थित सिद्धकुमाख गाउँपालिका-२ टाकुराका दुई परिवारका ९ जनाको मृत्यु भएको हो ।
सिद्धकुमाख गाउँपालिका-२ का वडाध्यक्ष मेकबहादुर बुढाथोकीका अनुसार यही पुस २७ गते राति टाकुराका २ परिवारका ९ जना सदस्यको ग्यासको सिलिन्डर विस्फोटपछि भएको आगलागीमा परी निधन भएको हो ।
मृतकमा ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती ३२ वर्षीया कविता विक, छोरी १६ वर्षीया राधा विक, अर्की छोरी १० वर्षीया रेणुका विक र छोरा २२ महिनाका राजन विक छन् ।
सिद्धकुमाख गाउँपालिका-२ का वडाध्यक्ष मेकबहादुर बुढाथोकीका अनुसार यही पुस २७ गते राति टाकुराका २ परिवारका ९ जना सदस्यको ग्यासको सिलिन्डर विस्फोटपछि भएको आगलागीमा परी निधन भएको हो ।
यसैगरी अर्को परिवारका ४६ वर्षीय काशीराम विक, उनकी श्रीमती ३२ वर्षीया टीका विक, छोरी ११ वर्षीया अनु विक र छोरा ७ वर्षीय किरण विकको मृत्यु भएको वडाध्यक्ष बुढाथोकीले बताए ।

उनीहरू सुतिरहेको कोठामा राखिएको ग्यास सिलिन्डर अचानक विस्फोट भएको जानकारी पाइएको वडाध्यक्ष बुढाथोकीलले बताए ।
उनका अनुसार विस्फोटपछि आगलागी भएर वरपरका घरसमेत जलेका छन् ।
मृतकमध्ये केहीको शव जलेर नचिनिने अवस्था रहेको उनले बताए ।
यस्तै धनबहादुर विक र काशीराम विकको परिवार २ वर्षदेखि रोजगारीका लागि भारतको हिमाचलमा थिए ।
उनीहरूका परिवार अर्की बजारमा ज्याला मजदुरी गर्थे ।
एकै गाउँका ९ जनाको एकैपटक मृत्यु भएपछि सिद्धकुमाख गाउँपालिका वडा नम्बर २ यतिबेला गहिरो शोकमा डुबेको छ ।