जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्की प्रशासनको आग्रह : माघ १५ गते भित्र हातहतियार बुझाउनु

जन्मभुमि खबर ,

पोखरा ।

जिल्ला प्रशासन कार्यालय, कास्कीले कुनै व्यक्ति वा समूहसँग अवैध हातहतियार भएमा आगामी माघ १५ गतेभित्र नजिकको प्रहरी कार्यालयमा बुझाउन सूचित गरेको छ ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरण सम्पन्न गर्न कार्यालयले सार्वजनिक सूचनामार्फत उक्त आग्रह गरेको हो ।

तोकिएको समयमा हातहतियार तथा खरखजना नबुझाएमा प्रचलित कानुनबमोजिम हुने जनाइएको छ । कार्यालयले निर्वाचनलाई लक्ष्य गरी जिल्लाको सुरक्षा व्यवस्थालाई चुस्त र प्रभावकारी बनाउन तयारी अगाडि बढाएको छ ।