जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

फेवातालको सिमसार पुर्ने युवराजलाइ अभद्र व्यवहार मुद्दामा ५ दिनको म्याद थप

जन्मभुमि खबर ,

पोखरा ।

फेवाताल सिमसार पुर्दा अवरोध भएको भन्दै प्रहरी र पत्रकारमाथि दुर्व्यवहार गर्ने युवराज खतिवडालाई अभद्र व्यवहारमा म्याद थप गरिएको छ ।

कास्की अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी हरीबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार, खतिवडालाई पत्रकार र प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा सोमबार पक्राउ गरिएको हो ।

‘म्याद थप भएको छ । अनुसन्धान चलिरहेको छ,’ उनले भने । खतिवडा शक्तिको आडमा सिमसार पुरेको आरोपमा पटक पटक विवादमा परेका छन् । यसअघि पनि उनलाई प्रहरीले विभिन्न घटनामा पक्राउ गरेर छाड्दै आएको छ ।

पोखरा ५ बस्दै आएका ३७ वर्षीय खतिवडा धादिङका हुन् । फेवातालको सिरानमा सिमसार क्षेत्रमा माटो र गिटी हालेर पुरिरहेको अवस्थामा प्रहरीले रोक्न खोज्दा उनले दुर्व्यवहार गरेका थिए ।