जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्रधानमन्त्रीको राजीनामा माग गर्दै मिराज ढुंगाना नेतृत्वको जेनजी समूहको प्रदर्शन (तस्बिरहरु)

मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै सो समूहले सोमबार माइतीघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका सहभागी युवाहरूले प्रधानमन्त्री राजीनामा दे, जेनजी आन्दोलनमा दमन गर्नेलाई कारबाही गर, जेनजीको माग चुनाव होइन, सुशासन हो लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

सो समूहले प्रशासनसँग अनुमति नै नलिई प्रदर्शन गरेपछि प्रहरीले हटाउन खोजेको थियो । सो क्रममा प्रहरीले केही युवाहरूलाई केहीबेर नियन्त्रणमा लिएको थियो ।

वर्तमान सरकार जेनजी आन्दोलनको म्याण्डेट विपरीत अघि बढेकाले सर्वपक्षीय सरकार गठन हुनुपर्ने उनीहरूको माग छ । जनतामा राज्यप्रतिको भरोसा कमजोर हुँदै गएकाले युवाहरूलाई एकीकृत गर्दै नयाँ आन्दोलन सुरु गरिएको उनीहरूले जनाएका छन् ।

Gen z protest_NPL (1)Gen z protest_NPL (2)Gen z protest_NPL (4)Miraj Dhungana_Gen Z protest_ (6)Miraj Dhungana_Gen Z protest_ (8)Miraj Dhungana_Gen Z protest_ (4)