जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

जन्मभुमि खबर ,

पोखरा ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुख बिनेश मुनकर्मीविरुद्ध भ्रष्टाचार गरेर अस्वाभाविक सम्पत्ति कमाएको आरोपमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

उनीमाथि गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा मङ्गलबार विशेष अदालतमा मुद्दा दर्ता भएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।