जन्मभुमि खबर ,
पोखरा ।
पोखरामा ध्वनी प्रदुषण गरेर मोटरसाइकल चलाउने र प्रहरीसंग झैझगडा गर्ने ४ जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ग २१ प ६१७१ नम्बरको मोटरसाइकल चालक पोखरा १४ का २० वर्षीय मनिष केसी , लु ३० प ५५६१ मोटरसाइकल चालक पोखरा ८ बस्ने वर्ष २२ वर्षीय कृष्ण मल्ल , ग २० प २९२२ नम्बरको मोटरसाइकल चालक पोखरा २४ बस्ने २४ वर्षीय मनोज नेपाली र ग १५ प २०४७ नम्बरको मोटरसाइकल चालक पोखरा १७ का २७ वर्षीय विशेष पुर्जा रहेका छन ।
उनका अनुसार कास्की प्रहरीले चलाएको मिसन ३६५ अन्तर्गत ध्वनी प्रदुषण गरेर चलाएका १८९ वटा मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारवाही गरी छाडिएको छ ।
कास्की प्रहरीले होहल्ला गर्दै हिड्ने, ध्वनी प्रदुषण गर्ने, साईलेन्सर पाईपवाट आगोको झिल्का समेत निकाली समाजमा आशान्ति फैलाउनेगरी मोटरसाइकल चलाएको देखेमा उक्त मोटरसाईकल नम्बर नेपाल प्रहरीको हटलाईन नम्बर १००, ट्राफिक प्रहरीको १०३ वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन समेत आग्रह गरेको छ ।