जन्मभुमि खबर ,
पोखरा ।
नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियारले पक्राउ गरेको छ । उनलाई पक्राउ गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उपस्थित गराएको छ ।
अधिकारीलाई अभियोगपत्रसहित विशेष अदालतमा उपस्थित गराइएको अख्तियारका एक जना अधिकृतले बताए । आयोगले उनीविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दाको अभियोगपत्र दायर गर्दैछ ।