जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा बुद्ध एयरको जहाजमा चरा ठोक्कियो , प्राविधिक परीक्षण गरी काठमाडौं फिर्ता

जन्मभुमि खबर ,

पोखरा ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंको लागि उड्न लागेको बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ।

शनिबार बिहान १० बजेतिर काठमाडौं उड्न लागेको उडान नम्बर ६०४ को नाइन एन-एएमडी जहाज टेकअफको क्रममा चरा ठोक्किएको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए।

‘टेकअफको क्रममा चरा ठोक्किएपछि हामीले जहाज फर्काएका थियौं ।

चरा ठोक्किएपछि ‘ग्राउन्डेड’ बुद्ध एयरको विमान प्राविधिक परीक्षणपछि काठमाडौं फिर्ता भएको छ ।

काठमाडौं उड्न लागेको फ्लाइट नम्बर ६०४ को विमान ‘टेकअफ’का क्रममा चिलसँग ठोक्किएको थियो । त्यसपछि विमानलाई पार्किङ क्षेत्रमा फर्काइएको थियो ।

उक्त विमानको प्राविधिक परीक्षण गरी काठमाडौं फिर्ता गइसकेको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए ।