जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा कास्की कारागारबाट भागेका कैदीले आफ्नै घरमा गरे आत्महत्या

जन्मभुमि खबर ,
पोखरा ।

जेनजी आन्दोलनमा भागेका एक कैदीले पोखरामा आत्महत्या गरेका छन् ।

प्रहरीका अनुसार कास्की पोखरा महानगरपालिका २६ बरालडाँडामा ५५ वर्षका देवबहादुर विश्वकर्माले आत्महत्या गरेका हुन् ।

उनी आफ्नै एक तले कच्ची घरको कोठामा बासको बलोमा प्लास्टिकको डोरीले पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

सो घरमा अहिले कोही पनि नरहेको प्रहरीको भनाई छ । उनी जिल्ला कारागार कास्कीमा कर्तव्य ज्यान मुद्दाका कैदी थिए ।