जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा खुकुरी देखाई विदेशी नागरिकलाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

जन्मभुमि खबर ,

पोखरा ।

धारिलो हतियार देखाई जर्मनीका एक नागरिकलाई अभद्र व्यवहार गर्ने दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–२२ स्थित अनदु जंगल नजिक सार्वजनिक स्थानमा शुक्रबार बिहान करिब ९ः१० बजे जर्मनीका ६७ वर्षीय नागरिक एन्स पिटर मार्टिन माथि दुई युवाले खुकुरी देखाई हातपात गर्दै अभद्र व्यवहार गरेका थिए ।

सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले घटनामा संलग्न दुईजनालाई धारिलो हतियारसहित नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा माछापुच्छ्रे गाउँपालिका–८ का २४ वर्षीय नविन बिक र तनहुँ व्यास नगरपालिका–५ का २१ वर्षीय विशाल दर्लामी रहेका छन् ।

प्रहरीले उनीहरूबाट खुकुरी एकथान बरामद गरेको जनाएको छ।

उनीहरुविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत अभद्र व्यवहार सम्बन्धी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरीबहादुर वस्नेतले जानकारी दिए ।