जन्मभुमि खबर ,
पोखरा ।
भरतपुर–४ अन्तर्गत धर्मचोकदेखि अद्दैतचोकसम्मको सडक मर्मत कार्य आज सम्पन्न गरिएको छ। लामो समयदेखि बिग्रिएको सडकका कारण सवारी आवागमनमा समस्या र दुर्घटनाको जोखिम बढेपछि “हाम्रो वडा, हामी बनाउँछौं” अभियानअन्तर्गत यो कार्य गरिएको हो ।
अस्थायी रूपमा सडक सम्याउने, खाल्डाखुल्डी पुर्ने र आवागमन सहज बनाउने उद्देश्यले स्थानीयवासीहरूले आफ्नै लगानी र श्रममा यो कार्य सम्पन्न गरेका हुन्। कार्यक्रमको आयोजना GROUP 4 SOCIAL ले गरेको हो भने स्थानीय युवाहरू, टोलवासी तथा स्वयंसेवकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
यसै अवसरमा स्थानीयहरूले भनेका छन् …
भरतपुर महानगरले महानगरभर नयाँ सडक निर्माण गरेर उत्कृष्ट काम गरेको छ। तथापि, बिग्रिएका र भत्किएका सडकहरूलाई पनि विशेष प्राथमिकतामा राखी तुरुन्त मर्मत गर्ने कार्यक्रम ल्याउन आवश्यक छ ।”
स्थानीयवासीहरूले धर्मचोक–अद्दैतचोक सडकको स्थायी मर्मतका लागि महानगरको ध्यानाकर्षण समेत गराएका छन् ।