जन्मभुमि खबर ,
पोखरा ।
कास्की जिल्लामा राति १० बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय कास्कीले एक सूचना जारी गर्दै तिहारको समयमा राति १० बजेपछि देउसी–भैलो खेल्न नपाइने जनाएको हो ।
व्यवस्थित,मर्यादित,अनुशासित ढङ्गले देउसी–भैलो खेल्न समेत आग्रह गरिएको छ ।
त्यसैगरी, भुइँचम्पा, आतिशबाजी, प्लाष्टिकजन्य फूलमाला, पटकाजस्ता बिस्फोटक पदार्थ कानुनद्वारा नियमित निर्देशित वस्तुको अवैध आयात, ओसारपसार, सञ्चय, बिक्री वितरण र प्रयोग नगर्न पनि आग्रह गरिएको छ।
मैनबत्ती, दियो तथा विद्युतीय उपकरण सामग्रीको प्रयोग सावधानीपूर्वक गर्न, चाडवाडको बहानामा धार्मिक, जातीय वा सामाजिक सद्भावमा खलल पुर् याउने कुनै पनि गतिविधि साथै मनोरञ्जनको नाममा गैरकानुनी रुपमा चिट्ठा, जुवातास, कौडा, लंगुरबुर्जा, सट्टाबाजीजस्ता कानुनले निषेध गरेका क्रियाकलाप नगर्न आग्रह गरिएको छ।