जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रवि लामिछानेलाई नख्खु कारागार सरुवा गर्ने निर्णय

जन्मभुमि खबर ,

पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागार ल्याइने भएको छ । सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने हाल रूपन्देही कारागारमा थुनामा छन् । रविलाई नख्खु कारागार ल्याउन कारागार व्यवस्थापन विभागले निर्णय गरिसकेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

कारागार व्यवस्थापन विभागले निर्णय गरेर रुपन्देही कारागारमा पठाइसकेको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले जानकारी दिए । रविले नै नख्खु कारागार बस्न माग गरेका थिए ।

“रवि लामिछानेलाई नख्खु कारागार ल्याउन कारागार व्यवस्थापन विभागले निर्णय गरिसकेको छ । विभागले निर्णय गरेर रुपन्देही कारागारमा पठाइसकेका छौँ,” महानिर्देशक शर्माले भने ।

अँध्यारो कोठामा मानव अधिकारका न्यूनतम मापदण्ड पनि पालना नगरेर राखिएको दाबीसहितका समाचार बाहिरिएपछि राष्ट्रिय मानव अधिकार आयोगको टोलीले साउन २६ मा रूपन्देही कारागारको अनुगमन गरेको थियो ।

आयोगको टोलीले रूपन्देही कारागारको अवस्था दयनीय रहेको निष्कर्ष निकालेको थियो । अदालतबाट आदेश हुँदासमेत लामिछानेलाई स्थानान्तरण नगरिएको पाइएको आयोगले‍ अनुगमनका क्रममा बताएको थियो ।