जन्मभुमि खबर ,
पोखरा ।
सुप्रिम सहकारी ठगी प्रकरणमा हाल रुपन्देही जिल्ला कारागार (भैरहवा) मा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकारविरुद्ध आक्रोश पोखेका छन्।
उनले देशका सबैभन्दा ठूला ठगहरूले उल्टै आफूलाई ठग साबित गर्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका हुन्।
रास्वपाको तेस्रो स्थापना दिवसका दिन असार ७ गते शनिबार बिहान लामो लिखित सन्देश जारी गर्दै उनले लेखेका छन्, ‘मलाई यो देशको बेथितिको थप व्याख्या गर्नु छैन, बेथिति भत्काउनु छ। बेथितिका वाहकहरूलाई निवेदन दिएर वा अनुरोध गरेर यो देशमा थितिको शासन सुरु हुँदैन। यिनीहरूलाई लल्कारेर र धावा बोलेर मात्र थिति बसाल्न सकिन्छ। यिनीहरूलाई चुनौती दिएको मूल्य अहिले मैले तिरिरहेको छु। तर, म विचलित छैन। यो आँट र संकल्प भत्काउन यो देशको इतिहासका सबैभन्दा ठूला ठगहरूले उल्टै मलाई ठग साबित गर्ने षड्यन्त्र गरिरहेका छन्। तर, म अलिकति पनि हल्लिएको छैन।’