जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

चितवनमा बस र माइक्रो एकापसमा ठोक्किँदा सात जनाको मृत्यु, १८ जना घाइते

जन्मभुमि खबर ,

पोखरा ।

चितवनमा यात्रुवाहक बस र माइक्रो एकापसमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १८ जना यात्रु घाइते भएका छन् ।

शनिबार बिहान धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको प्र.०१-०१-००१ ख ३४८३ नम्बरको यात्रुवाहक बस र बा. प्र. ०३.००१ ज २९९ नम्बरको इभी गाडी राप्ती नगरपालिका-४, भण्डारास्थित खहरे पुलमा एकापसमा ठोक्किएको चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिए ।

मृतक सात जनामध्ये दुई जनाको मात्रै सनाखत भएको छ । दुर्घटनामा परेर मृत्यु हुनेमा मकवानपुर हटिया-३ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती र हेटौँडा उपमहानगरपालिका-५ का ५३ वर्षीया मैयाकुमारी न्यौपाने रहेका एसपी पुरीले बताए ।

उनका अनुसार पाँच जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा उपचारमा क्रममा मृत्यु भएको हो । घाइतेहरूको चितवन मेडिकल कलेज, पुरानो मेडकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको एसपी पुरीले जानकारी दिए ।