जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बाढीले बगाएकी महिलाको अवस्था अझै अज्ञात

जन्मभुमि खबर ,

पोखरा ।

अविरल वर्षापछि काभ्रेको पनौतीमा आएको बाढीले बगाएकी महिलाको अवस्था हालसम्म पनि अज्ञात छ ।

सोमबार अविरल वर्षापछि पनौती–५ सुब्बा गाउँनजिकै ढलमले ठाडो खोलामा आएको बाढीले ३३ वर्षीया रेणुका गिरीलाई बगाएको थियो । सोमबार अपराह्न ४ बजेतिर उनलाई खोलाले बगाएको सूचना आएको भए पनि खोजतलास गर्दा अहिलेसम्म पनि उनको अवस्था पत्ता लाग्न नसकेको प्रहरीले जानकारी दिएको छ ।

बारीमा आलु खन्न गएकी उनलाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरीको टोलीले उनको खोजतलास गरिरहेको छ ।

सोमबार पनौती क्षेत्रमा ६ घन्टामा ४३.२ मिलिमिटर वर्षा भएको थियो। मध्याह्नदेखि साँझसम्मै परेको वर्षाले पनौती नगरपालिकाका अधिकांश वडा प्रभावित हुनुका साथै बाढीले अस्थायी सडक कटान गरेको छ ।