जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

स्वर्णलक्ष्मी सहकारी ठगी काण्ड : फरार कांग्रेस सांसद राई सात महिनापछि पक्राउ

जन्मभुमि खबर ,

पोखरा ।

सहकारी ठगीमा संलग्न कांग्रेस सासद माया राई पक्राउ परेकी छिन् । प्रहरीले शनिबार उनलाई कपनबाट पक्राउ गरेको हो ।

सहकारी ठगीको मुद्दामा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले बताए। उनलाई काठमाडौं परिसरमा बुझाइने उनी बताउँछन् ।

राईलाई भोलि (आइतबार) काठमाडौं जिल्ला अदालत उपस्थित गराइने भएको छ ।

सांसद राई लामो समयदेखि सत्ताको संरक्षणमा थिइन्।

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको ठगीमा उनी फरार थिइन् । यसअघि ठेगाना नखुलेको भन्दै प्रहरीले उनलाई उन्मुक्ति दिएको थियो । उनी सो सहकारीको दुई कार्यकाल सञ्चालक बसेकी थिइन् । त्यही समयमा बचतकर्ताको रकम हिनामिना भएको थियो । सहकारीका मुख्य सञ्चालक जिबी राई भने अझै फरार छन् ।

भोजपुर स्थायी घर भएकी राई समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनेकी हुन् । फरारकै अवस्थामा उनले तलबभत्ता बुझ्दै आएकी थिइन् । फरार रहेकी उनले शुक्रबार संसद पुगेर गोप्य रुपमा हाजिर गरेको विवरण नयाँ पत्रिकाले खुलासा गरेको थियो। त्यसपछि दबाबमा परेको गृह प्रशासनले उनलाई पक्राउ गर्न निर्देशन दिएको स्रोत बताउँछ ।