जन्मभुमि खबर ,
पोखरा ।
तीनकुने घटनामा जलेका पत्रकार सुरेश रजकको शव पोस्टमार्टम रोकिएको छ । बाहिर रजकलाई पनि गोली लागेको हल्ला चलेपछि चिकित्सकहरुले पहिले एक्स रे गर्नुपर्ने अडान लिएपछि पोस्टमार्टम रोकिएको हो ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जका फरेन्सिक विभागका चिकित्सकले पछि विवाद हुन सक्ने भन्दै पोस्टर्माटमपूर्व एक्सरे गर्नुपर्ने अडान लिएका छन् ।
विभागका एक चिकित्सका अनुसार विवादित विषय भएको र भोली फेरी थप जटिलता आउने सक्ने भन्दे एक्स रे गर्न माग गरिएको हो ।
फरेन्सिक विभागले शिक्षण अस्पतालको फरेन्सिकमा एक्स रे मेशिन नभएकाले अतिरिक्त व्यवस्थापन गर्न अस्पताल व्यवस्थापनलाई आग्रह गरेको छ ।
तर प्रहरीले भने पत्रकार रजकको शरिरमा गोली नलागेको बताउँदे आएको छ । तीनुकने चोकमा प्रदर्शनका क्रममा आगलागी भएको घर भित्र रजक ७० प्रतिशत जलेको अवस्थामा भेटिएका थिए ।
अहिले उनको शव शिक्षण अस्पतालमा राखिएको छ ।