जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तीनकुनेमा मृत्यु भएका सविनलाई एउटा गोली लागेको पुष्टि

जन्मभुमि खबर ,

पोखरा ।

तीनकुने घटनमा मृत्यु भएका कीर्तिपुर ४ का सविन महर्जनलाई एक गोली लागेको शव परीक्षण रिपोर्टबाट पुष्टि भएको छ ।

त्रिवि शिक्षण अस्पतालमा गरिएको महर्जनको पोस्टमार्टमपछि उनको प्रहरी स्रोतका अनुसार उनको दायाँ हातको कुहिने नजिकको भागबाट कोख हुँदै ढाडबाट गोली निस्केको पाइएको छ ।

महर्जनको पाँच दिनपछि अन्त्येष्टि गरिएको छ । शुक्रबार (चैत १५) भएको घटनामा ज्यान गुमाएका महर्जनको मंगलबार अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

उनको शवको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएको थियो । महर्जनको परिवारले मंगलबारमात्रै शव बुझेको थियो ।

चैत १५ गते तीनुकनेमा भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागी महर्जनको शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।