जन्मभुमि खबर ,
पोखरा ।
धर्मगुरू पुस्कार खतिवडा ललितपुरको इमाडोलबाट पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले इमाडोलबाट पक्राउ गरेको एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
प्रहरीले अहिले तीनकुनेमा राजावादी आन्दोलनमा सहभागी भएका नेताहरूलाई पक्राउ गरिरहेको छ ।
रवीन्द्र मिश्र, धवलशमशेर राणा, स्वागत नेपाल लगायतलाई पक्राउ गरेको छ ।