जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्रहरीमाथि राजावादीले ढुंगा हानेपछि अश्रुग्यास र पानीको फोहोरा प्रहार , दुईजना गम्भीर घाइते

जन्मभुमि खबर ,
पोखरा ।

राजतन्त्रका पक्षमा सडकमा उत्रिएका प्रदर्शनकारीले आज (चैत १५) दिउँसो प्रहरीमाथि ढुंगामुढा गरेका छन् । काठमाडौंको तीनकुने क्षेत्रबाट उनीहरूले प्रहरीलाई पछाडि धकेल्ने प्रयास गरिरहेका छन् ।

सुरक्षामा खटिएका प्रहरीले ढुंगामुढा गर्ने भीड तितरवितर बनाउन केही सेल अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा पनि फ्याँकेको छ ।

तीनकुनेबाट प्रदर्शनकारी प्रहरीले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ अघि बढ्ने प्रयास गरिरहेका छन् ।

प्रदर्शनकारीले प्रहरीले प्रहार गरेको अश्रुग्यास टिपेर सुरक्षाकर्मीतर्फै फ्याँकेका छन् । प्रहरीको बल प्रयोगबाट केही प्रदर्शनकारी घाइते भएका छन् । उनीहरुमध्ये दुई जना गम्भीर घाइते बनेको मञ्चबाट जानकारी दिइएको थियो ।