जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सरकारविरुद्ध कुलमानको रिट दर्ता, पेसी भोलि

जन्मभुमि खबर ,

पोखरा ।

कुलमान घिसिङले सर्वोच्च अदालतका रिट निवेदन दर्ता गराएका छन् । उनले नेपाल विद्युत् प्राधिकरणबाट गैरकानुनी रुपमा पदमुक्त गरेको दावी गर्दै सर्वोच्मा रिट हालेका हुन् ।

घिसिङ आफ्नो बर्खास्तीविरुद्धको रिट लिएर बुधबार नै  सर्वोच्च पुगेका थिए ।  बुधबार ढिलोगरि अदालत पुगेका उनको रिट भने दर्ता भएको थिएन । तर आज उनको रिट दर्ता भएको छ ।

उनले नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, नेपाल विद्युत प्राधिकरणलाई विपक्ष बनाएका छन् । सर्वोच्चले सुनुवाईका लागि भोलि पेसी तोकेको छ ।

सरकारले गत सोमबार मन्त्रिपरिषदबाट निर्णय गर्दै घिसिङलाई प्राधिकरणबाट हटाएको थियो भने हितेन्द्रदेव शाक्यलाई उनको ठाउँमा पदस्थापन गरेको थियो ।