जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुपादेउरालीको दर्शन गरेर फर्किंदै गरेको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

जन्मभुमि खवर ,

पोखरा ।

जन्मभुमि खबर ,
पोखरा ।

अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

बुधबार अर्घाखाँचीको सुपादेउरालीको दर्शन गरेर फर्किंदै गरेको लु २ ख ३०३ नम्बरको बस शितगंगा नगरपालिका २ भुवनपाटास्थित गोरूसिंगे सन्धिखर्क सडकखण्डमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका इन्स्पेक्टर विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

उनले भने, ‘ साँझ पौने ६ बजेतिर सुपादेउरालीको दर्शन गरेर फर्किंदै थियो। एक्कासी दुर्घटना भयो। चार जनाको उपचारको क्रममा मृत्यु भयो। ‘

उनका अनुसार मृत्यु हुने तीन जना महिला र एकजना पुरूष रहेका छन् ।

दुर्घटनामा रुपन्देहीको बुटवल उपमहाननगरपालिका–८ बस्ने ५५ वर्षीया जमुना वस्याल, नवलपरासीको पश्चिम भुमही बस्ने ४५ वर्षीया उमा न्यौपाने, निजको ६५ वर्षीया सासु (नामथर नखुलेकी) र पश्चिम बर्दघाट बस्ने ४५ वर्षीय बस चालक मदनकुमार विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार बस चालक विकको उद्धार गरी अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो।

यस्तै दुर्घटनामा परी २७ जना घाइते भएका छन् . उनीहरूलाई बुटवलमा उपचारका लागि लगिएको उनले बताए ।